Trending News

UAEका  राष्ट्रपतिको निधन

0 Shares

दिल्ली, 13 मई 2022

युएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको शुक्रबार निधन भएको छ । अंतराष्ट्रीय समाचार माध्यमका अनुसार सरकारले खलिफाको मृत्यु भएको पुष्टि गरेको छ । देशमा ४० दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । यस अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । सबै सरकारी कार्यालय र मन्त्रालय तीन दिन बन्द रहने छन् । यसमा निजी क्षेत्र पनि पर्छन् । शेख खलिफा ३ नोभेम्बर २००४ देखि युएईका राष्ट्रपति र अबु धाबीका शासक थिए। उनका बुबा शेख जायद बिन सुल्तान अल नाह्यान 1071 देखि 2004 सम्म राष्ट्रपति थिए। उनी देशको पहिलो राष्ट्रपति थिए । सन् १९४८ मा जन्मेका शेख खलिफा अबु धाबीका १६ औं अमिर थिए । उनले युएई र अबुधाबीको प्रशासनिक संरचनामा महत्वपूर्ण सुधार गरेका छन् ।