Trending News

अव हुने निर्वाचनमा बिदेशमा रहेका नेपालीहरुले पनि मतदानको व्यवस्था माग गर्दै नेपाली कांग्रेसद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

0 Shares

काठमाडौं, 21 जून 2022

नेपाली कांग्रेसले अव हुने निर्वाचनमा बिदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन् । कांग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो संख्यामा नेपालीहरु रहेको भन्दै उनीहरुलाई मतदानबाट बञ्चित गर्न नहुने बताउनुभयो । यस बिषयमा प्रधानमन्त्रीलाई पनि यसअघि नै ध्यानाकर्षण गराइसकेको भन्दै शर्माले सकारात्मक जवाफ आएको जिकिर गर्नुभयो । विदेशमा लाखौँ नेपाली रहेको र उनीहरुले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेकाले मताधिकारकबाट बञ्चित गर्न नहुने उहाले बताउनुभयो । त्यस्तै कांग्रेसका अर्का महामन्त्री गगन थापाले मताधिकारका साथै काठमाडौंमा पनि मतदाता नामावली संकलनलाई व्यस्थीत गर्न ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । मतदानको अधिकार प्रयोग गर्ने सन्दर्भमा सुरुमै नामावली दर्ता गर्न समस्या भएको गुनासो आउनु उचित नभएको उहाले बताउनुभयो । थापाले तत्कालै काठमाडौंको मतदाता नामावली संकलनलाई व्यवस्थीत गर्ने प्रतिवद्धता आयोगले जनाएको बताउनुभयो ।