Trending News

सीमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीयमा देखियो कोरोना

0 Shares

काठमाडौं, 8 जुलाई 2022

सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितहरुको संख्या बढेको छ। पर्साको वीरगंज भई नेपाल प्रवेश गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएको बढ्दै गएको हो। सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको संख्या बढ्दै गएको पाइएको छ।

गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि भएको थिएन। तर जेठमा तीन जनामा संक्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा संक्रमण देखिएको डेस्क इञ्चार्ज डा अनिसा महतोले जानकारी दिए।

गत चैत र वैशाखमा तीन हजारभन्दा बढीको एन्टीजेन परीक्षण गर्दा एक जनामा पनि संक्रमित नभेटिएकोमा असार २२ गतेसम्म दुई हजार ५०० को परीक्षण गर्दा १६ जना संक्रमित भेटिएको उनले बताइन्। भेटिएका सबै संक्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको डा महतोले जानकारी दिए।