Trending News

जागिर लाइदिने भन्दै भारतको कोलकात्ता पुर्‍याएर मिर्गौला झिकियो

0 Shares

दिल्ली, 6 सितंबर 2022

एक युवकलाई विभिन्न बहानामा भारत पुर्‍याएर मिर्गौला झिकिएको खुलेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पीडितको उजुरीपछि घटनामा संलग्नलाई पक्राउ गरेको थियो। त्यसपछि मृगौला तस्करीको अर्को घटना बाहिर आएको हो। ब्यूरोको टोलीले साउन 21 गते अभियुक्तहरुलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा नुवाकोट घर भएका 46 वर्षीय बादरे भन्ने मुरली दमाई, 30 वर्षीय राजु नेपाली, 26 वर्षीय राजेश परियार, 30 वर्षीय सानु भन्ने सुभाष नेपाली रहेका छन्। मुरलीले मिर्गौला दाता खोज्ने र विभिन्न बहानामा एक ठाउँबाट अर्को ठाउँमा मानिसलाई पुर्‍याउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यस्तै राजुले मुरलीले पठाएको मानिसलाई अर्को मानिस भएको स्थानसम्म पुर्‍याउने गरेका थिए। त्यस्तै राजेशले मिर्गौला दिने व्यक्तिलाई भारतसम्म पुर्‍याउने मानिससँग भेटाएर रकमको व्यवस्था गर्ने गरेका थिए। गत बैशाखमा पीडित युवकलाई मुरलीले विवाहको लागि बाजा बजाउन भन्दै नुवाकोट बोलाएका थिए। जसको लागि उनले राजेशको मोबाइल नम्बर प्रयोग गरे। त्यसपछि उनलाई पटकपटक फोन गरेर भारतको म:म पसलमा मासिक 30 हजारको जागिर लगाइदिने भन्दै राजेश र राजुको जिम्मा लगाउँछन्। त्यसपछि नुवाकोटबाट गाडी चढाएर काठमाडौंको सामाखुसी ल्याएर सानुसँग भेट गराउँछन्। त्यही दिन रगत परीक्षण गरेर उनलाई भारत लियाएर। दुई जना पुरुषले झापाको काकँडभिट्टा हुँदै भारतको कोलकता रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्‍याएको अनुसन्धानमा खुलेको छ। अस्पताल पुगेपछि मिर्गौला दिन इन्कार गरेपछि इन्जेक्सन लगाएर मिर्गौला झिकेको पीडितले प्रहरीमा बयान दिएका छन्। त्यसपछि असार 6 गते पीडितलाई नेपाल ल्याएर छोडिएको थियो। जिल्ला अदालत काठमाडौंले पक्राउ परेका चारै जनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ।