Trending News

नवौं राष्ट्रिय खेलकुद : १० हजार मिटरमा सन्तोषीलाई स्वर्ण

0 Shares

काठमाडौं,  15 अक्टूबर 2022

बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी उनले स्वर्ण पदक जितेकी हुन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन्। सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन्। एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी कास्य पदक हात पारिन् ।