Trending News

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहितलाई बधाई

0 Shares

काठमाडौं, 12 नवम्बर 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् ।प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जालमा कप्तान पौडेललाई बधाई दिएका हुन । उनले कप्तान पौडेलको नेतृत्वमा  नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । पौडेललाई हिजो नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको हो । रोहितले यसअघि १९ वर्षमुनिको क्रिकेट टोलीको कप्तानी पनि सम्हालिसकेका छन् । यसअघि गएको कात्तिकमा उपकप्तान नियुक्त भएका रोहितले आउँदो सोमवारदेखि कीर्तिपुर मैदानमा यूएईसँग हुने तीन खेलको एकदिवसीय खेलबाट कप्तानी सुरु गर्नेछन् ।