Trending News

६ फेब्रुअरीमा हुने कियारा र सिद्धार्थको विहे

0 Shares

दिल्ली, 3 फरवरी 2023

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको विहे ६ फेब्रुअरीमा हुने तय भएको छ। विहे जैसलमेरको सूर्यगढ दरबारमा हुनेछ। यो दरबारको हरेक दिनको भाडा एकदेखि दुई करोड भारुसम्म पर्ने गरेको छ। विहेमा आउने निम्तालुहरूका लागि मर्सिडिज बेञ्ज, ज्यागुअर, बीएमडब्ल्यू जस्ता ७० वटा कारको व्यवस्था गरिएको छ।

त्यहाँ विहे सम्पन्न भएपछि मुम्बईमा ग्राण्ड रिसेप्सन हुनेछ।

विहेको विभिन्न संस्कारहरू ४ फेब्रुअरी अर्थात् भोलिबाटै हुनेछन्। यो ग्राण्ड विहे हुने र यसको सुरक्षाको जिम्मा शाहरुख खानको एक्स (भूपू) बडिगार्डलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएको छ। यासीन युगल आज मुम्बईबाट सुरक्षागार्डको टोली लिएर जैसलमेर पुग्नेछन्।

विहेमा अमिताभ बच्चन, शाहरुख खान, करण जौहर, वरुण धवन, शाहीद कपूर र उनकी श्रीमती मीरा राजपूत, ईशा अम्बानी लगायत सेलिब्रिटीहरूलाई निम्तो गरिएको छ।