Trending News

राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैन, साझा उम्मेदवार खोज्दैछौं: नेपाल

0 Shares

काठमाडौं, 4 फरवरी 2023

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा उपाध्यक्षमा आफनो पार्टीको दाबी नभएको बताएका छन् । सिहंदरबारमा नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले राष्ट्रियसभा उपाध्यक्षमा पार्टीको दबाब नभएको बताए ।

उनले विपक्षी दलबाट सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने बताए । गृहमन्त्रीबारे पार्टीको टिप्पणी नभएको उनले बताए ।