Trending News

खल्तीबाट झिकेर कसैलाई राष्ट्रपति बनाउनुहुँदैन: थापा

0 Shares

काठमाडौं, 4 फरवरी 2023

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैलाई खल्तीबाट झिकेर राष्ट्रपति बनाउन नहुने बताएका छन् । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् । उनले देशको संविधान नबुझ्नेलाई खल्तीबाट झिकेर राष्ट्रपति बनाउन नहुने बताए ।

‘देशको संविधानलाई नचिन्नेलाई राष्ट्रपति बनाउनुहुँदैन । खल्तीबाट बनाउनुहुँदैन, संविधानलाई चिनेको र मानेको राष्ट्रपति बनाउनुपर्छ‚’ उनले भने, ‘उच्चस्तरीय राजनीति संयन्त्रलाई संविधानले चिनेको छैन, मानेको छैन ।’

थापाले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको पनि बताए । त्यसलाई विफल पार्न कांग्रेस उभिएको पनि उनले प्रष्ट पारे । यसको विपरीत गएर राष्ट्रपति बनाउन खोजियो भने बल्ल बल्ल जोगिएको संविधान खतरामा पर्ने उनले बताए । कानुनको ‘मेरिट’ मा रहेर संसद्‌बाट बहुमतले राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ थियो ।