प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्छ: महामन्त्री थापा

काठमाडौं, 23 मार्च 2023
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री अहिले एक्लै बस्न सक्ने अवस्था नरहेको बताएका छन्। बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले अहिलेजस्तो मानिसहरूमा निराशा आफूले अहिलेसम्म नदेखेको बताए।
महामन्त्री थापाले भने, ‘कोही पनि यहाँ राम्रो हुन्छ भन्ने विश्वासमा छैनन्। ६० साल भन्दा स्थिति अहिले धेरै राम्रो होला। तर, तथ्य तथ्यांकले ठिक छ कि छैन भन्ने हुँदो रहेनछ। मान्छेले के अनुभूति गरिरहेको छ भन्नेले हुने रहेछ। हामी सबैलाई खराब भइरहेको लागिरहेको छ भने सम्हाले कसरी हो ? यहाँ राजनीतिक दल र सामुदायिक रेडियो एक ठाउँमा आएर एक ठाउँमा काम गर्नुपर्छ।’
महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिवद्धता जनाए ।प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्ने र आफूसँग भएको एकएक क्षणको समयको प्रयोग गर्नुपर्ने बेला आएको उनले बताए।