गठबन्धन भत्काउन हामी लाग्दैनौँ : पोखरेल

काठमाडौं, 23 मार्च 2023
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले अहिलेको १० दलीय गठवन्धन भत्काउने कुनैपनि योजना नबनाएको दावी गरेका छन । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको भन्दै एमाले तत्काल गठबन्धन भत्काउन एमाले नलाग्ने बताए ।
‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउनतिर लाग्दैनौं। सरकारले देश र जनताका पक्षमा काम गरे साथ दिन्छौं। फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोच राख्दैनौं,’ उनले भने।
उनले सरकार देश र जनताभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधिमा लागे एमालेले सधैँ विरोध गर्ने बताए।
विगतमा आरजू राणा र जनार्दन शर्माका कारण देशको अर्थतन्त्र कमजोर भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भएको टिप्पणी समेत गरे ।