Trending News

नेपाली सेनाले निर्वाह गरीरहेको जिम्मेवारीका विषयमा दुष्प्रचार भइरहेको छ : प्रधानसेनापति

0 Shares

काठमाडौं, 23 मार्च 2023

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइएको बताएका छन्। बिहीबार पोखरामा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा बोल्दै प्रधानसेनापति शर्माले  यस्तो बताएका छन्। प्रधानसेनापति शर्माले सेनाले निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइएको बताएका हुन्।

“समय समयमा कसको इशारामा हो, बाहिरी व्यक्तिहरूबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, त्यति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ, राइटसाइजिङ हुनुपर्छ र अन्य नचाहिंदो नचाहिंदो कुरा पनि हुने गर्छ र यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ। यो हास्यास्पद छ,” उनले सम्मेलनमा भने।

उनले सेनाको संख्या तोक्ने काम विज्ञको नभएको जिकिर गरे। शर्माले भने, “आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना केकति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ। न कि कुनै आईएनजीओ एनजीओमा बसेर आफैं स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ र सुरक्षा विज्ञले गर्ने होइन। यो नेपाल सरकारको काम हो भनेर म उहाँहरूलाई पनि भन्न चाहन्छु।”

आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्ने विषय भएको उनको भनाइ थियो ।